शुक्रबार, चैत्र १६, २०८०

नरभक्षी राक्षसबाट मानव जातिले मुक्ति पाएको खुसीयालीमा उपत्यकामा घण्टाकर्ण पर्व मनाइदै

काठमाडौं साउन २२ ,
प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व आज राजधानीको टोल टोलमा मनाइँदैछ । विशेष गरि घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् । त्यस्तै आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राति राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु९याने चलन रहिआएको छ ।

पर्वको प्रसंगमा परम्परागत प्रसिद्ध किम्बदन्ती अनुसार:
परापूर्व कालमा नेपालमा गठेमङ्गल नाम गरेको एउटा यस्तो राक्षस रहन्थ्यो जसलाई सत्य निष्ठामा रहेका मानिस मन पर्दैनथ्यो । सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो । सत्य वचन सुन्नुपर्ला भनेर सधैं चिन्तित रहन्थ्यो । गठेमङ्गल राक्षसले आफ्नो कानमा सोह्रसत्र धार्नीको घण्टा झुण्ड्यायो अनि घण्टाको आवाजले सत्य वचन र राम्रा कुरा सुन्नु नपर्ने भयो भनी ढुक्क भयो । यसपछि गलगठेमङ्गल राक्षस घण्टाकर्ण नामले चिनिन थाल्यो । यो राक्षसले सुनलाई भन्दा फलाम धनी मगन्तेलाई मन पराउँथ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित पैसा उठाउने यसको नियमित दिनचर्या हुन्थ्यो ।

आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राति राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु-याने चलन रहिआएको छ ।

पैसा नदिने मानिसलाई मारेर मासुु खान्थ्यो, महिलालाई बलात्कार गथ्र्यो र राम्रा जतिलाई श्रीमती बनाउँथ्यो । घण्टाकर्ण राक्षसको यस्ता क्रियाकलापबाट सबै मानिस आतङ्कित थिए । एकदिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसित भयो । घण्टाकर्णले भ्यागुतोसित मानव बस्ती कता छ भनी सोध्यो । भ्यागुतो पनि घण्टाकर्णको आतङ्कबाट पीडित बनेको थियो । भ्यागुतोले गहिरिएको हिलोबाटो देखाउँदै त्यतैबाट जान भन्यो । अलिपर पुग्नासाथ घण्टाकर्ण गहिरो हिलोमा फस्यो । उसले आफ्नो विशाल शरीर बाहिर निकाल्न सकेन । यही मौका छोपेर घण्टाकर्णबाट पीडित सबै मानिस जम्मा भएर ढुङ्गा, मुढा र लाठाले हिर्काएर मारिदिए । यसरी नरभक्षी राक्षसबाट मानव जातिले मुक्ति पाएको उल्लेख रहेको पाइन्छ ।