शुक्रबार, बैशाख १४, २०८१

बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा अख्तियारको छापा , महत्वपूर्ण कागजात नियन्त्रणमा

काठमाडौं साउन २८,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा छापा मारेको छ । स्वास्थ्य सामग्री खरिदको क्रममा भएको अनियमितता सार्वजनिक भएसंगै आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयले छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियारको संघीय राजधानीस्थित मुख्यालयले बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा औषधि, अक्सिजन प्लान्ट, एमआरआई, सिटिस्क्यान, एमसिएच भवन, फार्मेसी भवन निर्माणलगायतमा भ्रष्टाचार भएको उजुरी परेको र सोहि क्रममा भएके अनुसन्धानको लागि छापा मारीएको जनाएकोछ ।