शुक्रबार, चैत्र १६, २०८०

महाधिवेशनको कार्यकातिका तय गर्न कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौ साउन २८,
आज सत्तारुढदल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने आजको बैठकमा पार्टीको १४ औं महाधिवेशन केन्द्रित हुने बताइएको छ ।

यसअघि क्रियाशील सदस्य विवादका कारण सिर्जित विवादका कारण पार्टीको आसन्न १४ औं महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका प्रभावित भएसंगै आज केन्द्रीय समितिको बैठकडाक्दै महाधिवेशनको विषयमा नितिगत निर्णय गर्ने तयारी रहेको सम्वद्ध पक्षले जनाएको छ।

क्रियाशील सदस्यतामा देखिएको विवाद र बढ्दो कोभिड महामारीले गर्दा भाद्रमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेसका शीर्ष नेताहरु
भाद्र १६ देखि १९ सम्म महाधिवेशन गर्न सम्भव नभएको पक्षमा पुगे पनि महाधिवेशन कहिले गर्ने भन्ने विषमा नेताहरुको साझा अभिव्यक्ति आएको छैन ।

यद्यपी स्रोतकाअनुसार सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताउँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले भाद्रमा नै वडा तहलगायतको तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताएको बुझिएको छ। त्यस्तै केन्द्रीय समिति बैठक बस्नुअगाडि पनि शीर्ष नेता बैठक गरेर कार्यतालिकाबारे सहमति गर्ने तयारी गरेको समेत थाहा भएको छ।