शनिबार, बैशाख १५, २०८१

प्राधिकरणमा घिसिङको नियुक्ति ‘बदरको मागदावी रिटको मंगवार सुनवाइ हुने

काठमाडौं भाद्र ७ ,
नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ ।

भाद्र २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो । प्रस्तुत रिटको सुनुवाइ मङ्गलबारका लागि तोकिएको हो ।

सरकारले निवर्तमान प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले आफु लाइ प्राधिकरणको प्रमुखको जिम्मेवारीबाट हटाउँदै उर्जा आयोगको विज्ञमा गरेको नियुक्ति स्वीकार्य नभएको भन्दै शाक्यले सर्वोच्चमा प्राधिकरणकै जिम्मेवारी पाउनु पर्ने माग दावी सहित रिट दायर गर्नुभएको थियो ।

स्मरण रहोस सरकारले ऊर्जा आयोगमा सचिवसरहको सेवा सुविधा दिई शाक्यलाई चार वर्षका लागि नियुक्ति गरिएको थियो ।