शुक्रबार, बैशाख १४, २०८१

थप ३ हजार २७४ जनामा कोभिड संक्रमण पुष्टि , २७ संक्रमितको मृत्यु

काठमाडौ भाद्र १,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ५६५ जनाको पिअिसार परीक्षण र ६ हजार १२४ जनाको एन्टीजेन परीक्षणको क्रममा थप ३ हजार २७४ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पिअिसार परीक्षणमा २ हजार ४५६ र ६ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्ते यसवीचमा १ हजार ९२९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको जनाएको छभने २७ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। साथै पछिल्लो डेटा अनुसार देशभर ७९० जनाको आइसियुमा र १९१ जनाको भेन्टिलेटरमा उपचार भईरहेको समेत मन्त्रालयले जनाएको छ।