शुक्रबार, बैशाख १४, २०८१

एमालेले पूर्व प्रम माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्दै

काठमाडौ भाद्र १,
पूर्व प्रम केपी ओली नेतृत्वको नेकपा एमालेले पार्टीका वरिष्ठ नेता समेत रहेका पूर्व प्रम माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ ।
एमालेले संघीय संसद सचिवालयलाई प्रतिनिधिसभाका १४ जना सांसदलाई कारबाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिदै लेखेको पत्रको बोधार्थ निर्वाचन आयोगमा आएको आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

एमालेले सांसदबाट पदमुक्तिको कारवाही गरिएका सासदहरुमा क्रमस माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेको बोधार्थ पत्रमा उल्ल्ेख रहेको आयोगले जनाएको छ।