शुक्रबार, बैशाख १४, २०८१

तीन हजार ४२ जनामा कोभिड संक्रमण पुष्टि, २६ को मृत्यु

काठमाडौ भाद्र ४ ,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न् प्रयोगशालामा तीन हजार ४२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। मन्त्रालयले १० हजार ५३० जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ७९ र ७ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ९६३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै यसवीचमा देशभरबाट २ हजार २४४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्भने वितेको २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको जनाएको छ । साथै देशभर ७१४ जनाको आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा उपचार भईरहेको समेत मन्त्रालयले जानकारी दिएको छ।