बिहिबार, बैशाख १३, २०८१

काठमाडौंको संस्कृति, सम्पदा र भाषा संरक्षणको मुद्दालाई स्थापित गर्ने उम्मेदवारले निर्वाचन जित्ने प्रमुख शाक्यको दावी

काठमाडौँ भाद्र ४ ,
त्रिभुवन विश्वविद्यालयको नेपाल भाषा केन्द्रीय विभागले मानविकी तथा समाजशास्त्रअन्तर्गत आजबाट नेपाल भाषामा एमफिल पिएचडी कक्षा सुरु गरेको छ भने आजैबाट १५ जना विद्यार्थीले कक्षा सुरु समेत भएको छ।

कक्षा शुभारम्भ तथा शोधग्रन्थहरू सार्वजनिक गर्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण गर्न सके मात्रै यो नगरको अस्तित्व कायम रहने भएकोले राजनीतिक र प्रशासनिक नेतृत्वको यतातिर ध्यान दिनुपर्ने बताउनुभएको छ।

त्यस्तै उहाँले काठमाडौंको कला,संस्कृति, सम्पदा र भाषा संरक्षणको मुद्दालाई स्थापित गर्ने उम्मेदवारले निर्वाचन जित्ने प्रमुख शाक्यको दावी गर्दै ‘कुमारी संस्कृति अहिले विश्वमै परिचित नेपालको संस्कृति हो त्यसैले यो संस्कृतिमा कुनै पनि प्रकारको समस्या नआओस् भनेर हामी वर्तमान जीवित देवी कुमारीका लागि मासिक ५० हजार रुपैयाँ, जीवित देवता गणेश र भैरवका लागि मासिक ३०–३० हजार रुपैयाँ विशेष भत्ताको व्यवस्था गरेको जानकारी दिनुको अलावा पूर्व कुमारीका लागि मासिक १५ हजार रुपैयाँ, गणेश र भैरवका लागि मासिक १२–१२ हजार रुपैयाँको व्यवस्था संगै कुमारीको हेरचाह गर्ने चिताइदार परिवारका लागि पनि मासिक ५० हजार दिदै आएको बताउनुभयो ।

साथै महानगर प्रमुख शाक्यले महानगरले मूर्त अमूर्त संस्कारको संरक्षणमा आफूले गरेका प्रयासका विषयमा जानकारी गराउने क्रममा नेपाल भाषा जोगाउन कक्षा १ देखि ८ सम्म नेपालभाषाको पाठ्यक्रम येँ देय् म्हसीके लागू गरेको जनाउ सहित आसन्न स्थानीय निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले यो प्रयासलाई अझ समृद्ध बनाउँदै लैजाने कुरामा मेरो विश्वाश समेत व्यक्त गर्नुभयो ।

विभागले नेपालभाषामा स्नातकोत्तर विषयको पठनपाठन सुरु गरेको ४१ वर्ष पुगेको उपलक्ष्यमा नेपालभाषाका महाकवि सिद्धिदास महाजुका सम्पूर्ण कृतिहरूको संकलन ‘सिद्धिमाः’ सहित विभिन्न शोधग्रन्थहरू सार्वजनिक गर्दै नेपालभाषा केन्द्रीय विभागमा संग्रहित करिब ३० हजार पुस्तकलाई डिजटाइजेसन गरेर ई–पुस्तकालयमा रुपान्तरण गर्न काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।

कार्यक्रममा बोल्नु हुँदै काठमाडौं महानगरपालिकाकी उपप्रमुख, त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा। डा। ओमकारेश्वर श्रेष्ठ, पाटन संयुक्त क्याम्पसका प्रमुख डा। लक्ष्मण कुँवर लगायतले वोल्नुभएको थियो।