शुक्रबार, बैशाख १४, २०८१

औषधि व्यवस्था विभागको महानिर्देशकमा पुन ढकाल

काठमाडौँ भाद्र १५ ,
औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी तेस्रो पटक नारायण ढकाललाई दिइएको छ। यसअघि महानिर्देशकको जिम्मेवारीमा रहेको ढकाललाइतत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै मिति २९ असोज २०७७ ढकाललाइ मन्त्रालय तान्दै महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएका थिए ।

त्यस्तै मन्त्रालय स्रोतका अनुसार गतवर्ष ११औं तहमा बढुवा भएका विभागका महानिर्देशक भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिइएको जनाएको छ।