शुक्रबार, बैशाख ७, २०८१

अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा गौतम र तिमिल्सेना पक्राउ

काठमाडौ भाद्र १५ ,
महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका ३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफुल व्यवसाय गर्ने ३४ वर्षीय मिन प्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् ।

प्रहरीका अनुसार मिन प्रसादले हुण्डी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा सोका जाँच बुझ गर्नका लागि खटिएको प्रहरीले हुण्डी कारोबारीद्दयलाइ नगद सहित पक्राउ गरेको जनाउदै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु