बिहिबार, बैशाख १३, २०८१

व्यवसाय र व्यवसायीको हरिविजोग: काठमाडौं प्रशासनलाइ परिषद्को ध्यानाकर्षण

अनुप प्रधान /काठमाडौ भाद्र १५ ,
ठमेल पर्यटन विकास परिषद्ले पछिल्लो समय बढ्दो कोभिड कहरको संक्रमणसंगै प्राय बन्द रहेको राजधानीको महत्वपूर्ण पर्यटन क्षेत्र ठमेलमा रात्रीकालिन व्यवसायहरु सञ्चालनको सहजीकरणका काठमाडौं प्रशासनको ध्यानाकर्षण गराएकोछ। परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणा नेतृत्वको प्रतिनिधी मण्डलले आज जिल्ल प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

परिषदले बुझाएको ध्यानाकर्णण पत्रमा गत वर्षदेखि कोभिड–१९ द्धारा सिर्जित महामारीका कारण लामो समय बन्दाबन्दी तथा निषेधाज्ञा भएको कारणले नेपालको प्रमुख पर्यटकीय ठमेल क्षेत्रमा ठूलो आर्थिक् नोक्सानी भएको उल्लेख गरिएको छ।

त्यस्तै यसवीचमा ५० औं हजार मजदुरको रोजगारी गुमेको मात्र नभइ स्थानीय व्यवसाय र व्यवसायीहरुको हरिविजोग भएको त्यस्तै व्यवसायको घरभाँडा , बैकको ऋण र व्याजका कारण व्यवसायीको विचल्ली भएको जिकिर गरिएको छ।

साथै यसवीचमा पर्यटकीय ठमेल क्षेत्रस्थित विभिन्न पर्यटकीय व्यवसायलाइ निश्चित समय तोकेर सञ्चालनको अनुमति दिइएपनि रात्रीकालिन व्यावसाय सञ्चालनमा अझै पनि रोक लगाएका कारण स्थिती दिनानुदिन थप नाजुक बन्दै गएका कारण रात्रीकालिन व्यवसायलाई पुनः सञ्चालनमा ल्याउनुको विकल्प नभएको भन्दै तत्काल व्यवसाय सञ्चालनको माग परिषद्ले गरको छ ।

परिषदको ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ पराजुलीले आफु व्यवसायीको माग प्रति पूर्ण सकारात्मक भइको जनाउ दिदै यसको लागि सक्दो पहल गर्ने भन्दै आवश्यक स्वास्थ्य मापदन्ड अपनाउदै के कसरी व्यवसाय सञ्चालन गर्न सकिन्छ त्यस विषयम पहलकद्मी लिने बताउनु भएको छ ।