शनिबार, बैशाख १५, २०८१

अफगानिस्तानमा रहेको नेपालीको उद्धार गर्न मुख्यसचिवको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं साउन ३१,

अफगानिस्तानमा पछिल्लो समय तालिवान विद्रोहीको आतंकवादी हर्कत संगै विकसित पछिल्लो घटनाक्रमकावीच रोजगारीका सिलसिलामा त्यहाँ रहेका नेपालीहरुको उद्धारमा समन्वय गर्न सरकारले कार्यदल गठन गरेको छ ।

नेपाल सरकारका मुख्यसचिवको संयोजकत्वमा अन्तर-मन्त्रालय बैठकले यस मन्त्रालयका मध्य एसिया, पश्‍चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड  संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्राङ्‍कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सदस्यहरु रहने गरी कार्यदल गठन गरेको हो।

त्यस्ते कार्यदलले अफगानिस्तान पछिल्लो अवस्था अबस्था वस्तुगत रुपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यारमभ गर्ने परराष्ट्र मन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

मन्त्रालयको विज्ञप्ति : 

त्यस्तै मन्त्रालयको विज्ञप्तिमा उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटको व्यवस्था गरिएको समेत जनाइएको छ सो पोर्टलमा आफ्नो नामसहितको उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउनुहुन सम्बन्धित व्यक्ति वा परिवारका सदस्यलाई आग्रह गरिएको उल्लेख गरिएको छ ।