शनिबार, बैशाख ८, २०८१

बढ्दो संक्रमणको रफ्तार : ५ प्रदेशको २१ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित

कोभिड संक्रमणका कारण मृत्यु हुने पहिलो सूचीमा ६० वर्ष माथिका व्यक्तिहरु धेरै

काठमाडौं साउन ३१,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय मुलुकको ७७ जिल्ल मध्ये २१ जिल्लामा कोभिड संक्रमितको ५ सय बढी सक्रिय संक्रमित रहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ अन्र्तगत ३ जिल्ला , बागमतीको काठमाडौं उपत्यका सहित ९ जिल्ला, गण्डकीको ५ जिल्ला , लुम्बिनीको २ जिल्ला र कर्णलीको १ एक जिल्लामा मा पाँच सय बढी सक्रिय संक्रमित रहेको जनाएको छ।

मन्त्रालयबाट प्राप्त जानकारी अनुसार प्रदेश १ मोरङ, सुनसरी झापा
बागमती प्रदेश :  काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट रहेको छ ।
गण्डकी प्रदेश : नवलपरासी पूर्व, कास्की ,बागलुङ, गोरखा, स्याङजा र तनहुँ रहेका छन ।
लुम्बिनी प्रदेश :  दाङ र रुपन्देही
कर्णाली प्रदेश:सुर्खेत रहेका छन ।

यस्तै २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १६ वटा जिल्लामा क्रमस धनकुटा, धनुषा, बारा, सप्तरी, सिरहा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुर रहेका छन ।

यसैवीच   मन्त्रालयले पछिल्लो समय कोभिड संक्रमणका कारण मृत्यु हुने पहिलो सूचीमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै रहेको जनाएको छ। मन्त्रालयका डेटा अनुसार  [५ हजार ५२२ जना] त्यस्तै दोस्रो सूचीमा ५० देखि ५९ वर्षका व्यक्ति [२ हजार २८ जना]
यस्तै, ४० देखि ४९ वर्षका १ हजार ४७२, ३० देखि ३९ वर्षका ८५०, २० देखि २९ वर्षका ३१८, १० देखि १९ वर्षका ५०, नौ वर्ष मुनिका ४५ र अज्ञात ७ जनाको मृत्यु भएको जनाएकोछ । स्मरण रहोस नेपालमा हाल कोरोना संक्रमित मृतककोे संख्या १० हजार २९२ पुगेको छ।