शुक्रबार, बैशाख १४, २०८१

महानगरका ३२ वटै वडामा विहिवार भेरोसेलको पहिलो डोज खोप दिइने

काठमाडौं साउन १३ , काठमाडौं महानगरपालिका भित्र विहिवार पून भेरोसेल खोप अभियान सञ्चालन हुने भएको छ। काठमाडौं महानगरको कोभिड विरुद्ध खोपको पहिलो मात्रा लगाउन छुटेको ५० बर्ष वा सो भन्दा माथिका सर्वैलाई लक्षित गर्दै वडा स्तरिय खोप अभियान सञ्चालन गर्न लागेको हो ।
महानगरले आज खोप सम्बन्धी जारी सूचनामा महानगरका ३२ वटै वडामा सञ्चालन हुने र यसको लागि नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म वठा समितिले तोकेको स्थानमा पुगेर खोप लगाउन सक्ने उल्लेख गरिएकोछ ।