शनिबार, बैशाख ८, २०८१

एसइईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

भक्तपुर  साउन १३ ,

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आन्तरिक मूल्याङ्कनको आधारमा एसइईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

गत जेठ १३ देखि भौतिकरूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा स्थगित गर्दै आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने नितिगत निणर्य गरिएको थियो ।

त्यसोत कोभिडकै कारणले २०७६ सालको एसइई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो ।

यद्यपी वोर्डका नतिजा सार्वजनिकका लागि आवश्यक कामकारवाहीलाइ तीव्रता दिइएको र साउन २५ गतेभित्रमा परीक्षाफल प्रकाशन हुने जानकारीदिदै पछिल्लो समय सबै जिल्लाबाट प्राप्त विद्यार्थीको मूल्याङ्कन नतिजाको इन्ट्रीसंगै नम्बर रुजु गर्ने काम भइरहेको जनाएको छ ।