शनिबार, बैशाख १५, २०८१

पूर्व सभामुख महरालाई उच्च अदालतको सफाइ

काठमाडौ साउन १२,
संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग खप्दै आएका पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार अभियोगमा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख महरामाथि लागेको अभियोगको दाबी नपुग्ने सवालमा गरेको फैसलालाई उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले पनि सदर गरेको हो ।