शुक्रबार, बैशाख ७, २०८१

बलिउड अभिनेत्री सेट्ठीका पति राज कुन्द्रालाई थप १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति

समाचार एजेन्सी साउन १२,
बलिउड अभिनेत्री शिल्पा सेट्ठीका पति तथा व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो । उनका साथै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।

राज कुन्द्रामाथि मुम्बई प्रहरीले पोर्नोग्राफिक फिल्म बनाउने र त्यसलाई एपको माध्यमबाट मानिसहरुमा पुर्‍याउने गरेको आरोपमा पक्राउ गरेको थियो । मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा प्रहरीमा एक उजुरी दर्ता भएको थियो । सोही उजुरीको अनुसन्धानको क्रममा राज कुन्द्रा पक्राउ परेका हुन् ।

प्रहरीले यो मामिलामा राज कुन्द्रा सामेल रहेको पर्याप्त प्रमाण भएको दाबी गरेको छ । राज कुन्द्राले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

स्मरण रहोस ​अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाइ पोर्न फिल्म बनाएको र बेचेको आरोपमा मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु