बुधबार, बैशाख २६, २०८१

काङ्ग्रेसको पूर्व निर्धारित वडा अधिवेशन स्थगित

काठमाडौँ साउन ९,
नेपाली काङ्ग्रेसको आसन्न १४औँ महाधिवेशनको प्रारम्भिक चरण अन्र्तगत साउन १२ गते देखि सञ्चालन हुने गरि तय गरिएको पूर्व निर्धारित गाउँ नगर वडा अधिवेशन स्थगन भएको छ ।१४औँ महाधिवेशनका प्रयोजनार्थ केहि जिल्लामा क्रियाशील सदस्यता वितरणमा सिर्जना भएको विवादका कारण यसअघि तय गरिएका महाधिवेशन कार्यतालिका प्रभावित भएसंगै पछिल्ला कार्यक्रम अन्र्तगतका गाउँ नगर वडा अधिवेशन स्थगन गरिएको हो ।
१४औँ महाधिवेशन लक्षित हुँदै पाटी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रवार र आज बसेको काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । त्यस्तै बैठकमा साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिका संयोेजक रमेश लेखकले समितिको प्रतिवेदन केन्द्रीय नेतृत्वलाई बुझाउने र त्यसपछि मात्रै वडा अधिवेशनको नयाँ मितिबारे निणर्य हुने जानकारी समेत प्रवक्ता शर्माले दिनुभयो ।

स्मरण रहोस यसअघि साउन १२ गते, गाउँनगर अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको थियो भने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एक भन्दाबढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ तथा प्रदेश अधिवेशन भाद्र । १ र २ गते गर्ने कार्य तालिका रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु