बुधबार, बैशाख २६, २०८१

नेता जोशीको स्मृतिमा रक्तदान

काठमाडौ साउन ९,
पूर्व उद्योगमन्त्री एवम काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीको असामयिक निधन भएको चौथौं मासिकको पूण्यतिथिको अवसरमा आज काठमाडौं महानगर वडा न. १९ परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

लायन्स क्लव अफ काठमाडौं ब्लड सर्कलको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रमा काठमाडौं काँग्रेस क्षेत्र न. ८ का सचिव राजेश श्रेष्ठ लगायत क्षेत्रीय समिति मातहतका वडा इकाइ समितिका सभापति, भातृ संगठनका पदाधिकारी लगायत स्थानीय भद्रजनको उपस्थिती रहेको थियो ।

पछिल्लो समय कोभिड संक्रमणको बढ्दो जोखिमका वीच आवश्यक सुरक्षा सतर्कता सहित रक्ताभावको अवस्थालाइ मध्यनजर गर्दै आयोजित
कार्यक्रमा स्वयमसेवी रक्तदाताहरुलाइ स्व नेता जोशीका श्रीमती सपना जोशीले प्रमाण पत्र वितरण गर्नु भएको थियो । रक्तदान कार्यक्रम मार्फत ३० पिण्ट रक्त संकलन गरिएको आयोजक समितिले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु