शुक्रबार, बैशाख १४, २०८१

मगरवस्तीका बाढी प्रताडित ४५ घरपरिवारलाइ खाद्यान्न सहयोग

काठमाडौ असार ३१,
गत असार १ गते अविरल वर्षा संगै आएको बाढी पहिरोका कारण सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका किउल वडा नं १ को मगर बस्तीमा भएको जन धनको क्षतिलाइ नगिचबाट नियाल्ने हो भने भर्खरै विकासको लालिमा चढ्दै गरेको हेलम्बु गाउँपालिकाको पुर्ननिमांणको लागि अझै एक दशक भन्दा बढि समय लाग्ने प्राय निश्चित रहेको छ । यसवीचमा गाउँपालिकाको मगर बस्ती लगातका कयन क्षेत्रमा भएको भौतिक संरचनाको क्षति संगै भएको मानविय क्षतिले कैयन परिवार शोकमा दुवेका छन भने कैयन परिवारको उठिवास भएका छन ।

बाढी पहिरोको कोलाहलबाट कतिले लास र सास समेत देख्न नपाइ आफ्ना अभिभावक गुमाए कतिले आफ्नो श्री सम्पति । समग्रमा बाढी पहिरोका कारण विस्थापित भएका स्थानीय नागरिहरुको आँखा अझै रसाएका छन । चनौटेको मुख्य बजारका अधिकांश घरमा क्षति पुगेको छ । त्यहाँका सवै नागरिकको नजरमा देखिएको सहयोगको याचना आफैम मार्मिक र ह्दयस्पर्सी रहेको छ।

आज के खाने केलाउने र कहाँ बस्ने भन्ने चिन्तासंगै बाढी वितण्डताका कारण सिर्जित अवस्था देख्दा मन थामिन नसक्ने अवस्था छ । जस्तो सुकै विष अवस्थाका वीच पनि अनाथका उपर नाथ भने जस्तै बाढी वितण्डताबाट प्रभावित स्थानीयले झेल्दै आएको विषम अवस्थालाइ दृष्टिगत गर्दै मनकारी सहयोग स्वरुप बुधवार मगर बस्तीका बाढि प्रताडित ४५ घरपरिवार लाइ दैनिक अत्यावश्क खाद्यान्न लगायतका राहत समाग्री सहयोग गरिएको छ ।

{हेर्नुस भिडियो}

भौतिक शरीर जहाँ भए पनि भावानात्मक माया देशसँग जोड्दै  विगत देखिनै विषम समयमा नेपाली दाजुभाइलाइ यत्न अनुरुपको सहयोगका लागि सदैव अग्रसर रहदै आइरहेका ताईवानवासी नेपाली दाजुभाइ तथादिदीबहिनीहरुको तर्फबाट संकलित उक्त सहयोग नविन अधिकारीको संयोजनामा , सुरज गुरुङ्ग स्वनाम तामाङ्ग र युवराज तामाङ्गको समन्वयमा  नेपाली युवा अभियन्ता संयोजक सुवोध प्रसाद प्रधान , केदारमान सिं, निर्मल श्रेष्ठ , सरोज श्रेष्ठ , सुजित बैद्य र अनिरुद्ध प्रसाद प्रधान लगायतले महाकवि लक्ष्मी प्रसाद देवकोटाको यात्री कविताको भावलाइ आत्मावोध गर्दै जाऊ समाऊ, मानिसहरूको पाउ , मलम लगाऊ आर्तहरूको, छहराइरहेको घाउ,मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ भने जस्तै बाढी प्रताडित स्थानीयको सहयोगार्थ मगरबस्ती पुगेर प्रति परिवार दुइ वोरा चामल,५ किलो दाल,५ किलो क्वाटी , ३ लिटर तेल र मस्यौरा ६ प्याकेट सहयोग गर्दै स्थानीयको मुहारमा निमेष मात्रका लागि भएपनि खुसीका किरण पहिल्याउने प्रयास गरेका छन । सक्नेले त   सधै पाइरहेका छन राहत सहयोग ।

नसक्नेले केहि पनि पाउन नसकेको गुनासो गर्दै   वास्तविक प्रताडित रहेका पिडितले प्रत्यक्ष राहत ग्रहण गर्न पाएकोमा  हर्ष प्रकट गर्दै  प्राप्त सहयोगले गुजारा चलाउन धेरै राहत   भएको भन्दै मगर वस्तीका नागरिकले मनकारी सहयो गर्ने ताईवानवासी नेपाली दाजुभाइ दिदीबहिनी र समन्वयकर्ता प्रति व्यक्त गरेको आभारको क्षण आफैमा मार्मिक रहेको छ।