शुक्रबार, बैशाख ७, २०८१

उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि थपियो [आदेश सहित]

काठमाडौ असार ३१,
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञाको पछिल्लो श्रृखला आगामी साउन १० गते सम्म थप गरेको छ ।  गत वैशाख १६ गतेदेखिजारी गरिएको निषेधाज्ञाको पछिल्लो श्रृखलाको अवधि बिहीबार राति १२ पछि सकिँदै गर्दा आजबसेको बैठकले साउन १० गते सम्म थप गर्ने निर्णय गरेको हो ।

तथापी जारी निषेधाज्ञा थप गरिएपनि लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं प्रवेश गर्न सकिने व्यवसथ सहित आ यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेमा जोड दिइएकोछ ।

साथै उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, शैलुन, ब्युटी पार्लर, हेल्थक्लव, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द नै राख्ने भएकोछ भने सवै किसिमका पसलहरु बेलुकी ७ बजेसम्म खोल्न दिइने भएकोछ ।

यस्ताे छ आदेश:

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु