शुक्रबार, बैशाख १४, २०८१

पछिल्लो २४ घण्टामा थप १ हजार ७८२ जनामा कोभिड सङ्क्रमण , ३३ को मृत्यु

काठमाडौ असार ३१,
पछिल्लो २४ घण्टामा थप १ हजार ७८२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वितेको २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ८ हजार २५६ जनामा पिसिआर परीक्षणको क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

यस्तै मन्त्रायले यसवीचमा ४ हजार ५१२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९४ जनामा सङ्क्रमण पुष्टि भएको जनाउदै यसवीचमा १ हजार ५७५ जना सङ्क्रमणमुक्त भएको जनाएकोछ । साथै सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको र योसँगै कोभिडका कारण मृत्यु हुनेको सख्या ८ हजार ४६३ पुगेको जानकारििदएको छ।