शुक्रबार, चैत्र १६, २०८०

कोभिड निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएको कोभिड गार्ड प्रयोग नगर्न मन्त्रालयको आग्रह

काठमाडौ असार ३१,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै ‘कोभिड गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । कोभिड निष्प्रभावी बनाउने भन्दै बजारमा बिक्रीमा ल्याइएको कोभिड गार्ड नकिन्न आग्रह गरेको हो ।

मन्त्रालया सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड गार्डले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण गार्ड नकिन्न आग्रह गर्दै अहिलेसम्म कोभिड–१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास नभएको जनाएकोछ ।

त्यस्तै यसकिसिमको गार्डको प्रयोगबाट मुटु, फोक्सोलगायतमा गम्भीर असर गर्ने जनाउ सहित मन्त्रालयले कोभिडबाट बच्नका लागि एकमात्र उपाय खोप लगाउने, मास्कको सधैँ प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड नै भएको जानकारीदिएको छ।

त्यस्तै मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको जोखिम बढेकोले स्वास्थ्यका मापदण्ड प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट बच्न सुरक्षाका सबै उपाय अपनाई व्यापार गर्न समेत आग्रह गरेको छ ।