शनिबार, बैशाख १५, २०८१

माओवादी केन्द्र पार्टी वैधानिक रहेको आयोगको निर्णय

काठमाडौं असार २७,

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अवैधानिक भएको भन्दै पार्टी खोजीको माग सहित निर्वाचन आयोगमा दर्ता भएको निवेदनको
सुनवाइ गर्दै आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ ।

गत शुक्रबार माओवादी केन्द्र अवैधानिक भइसकेको खारेज गर्न माग गर्दै नेकपा एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी सlxtsf]   अगुवाइमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर आज बसेको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।