शुक्रबार, चैत्र १६, २०८०

वितेको २४ घण्टामा थप एक हजार २३७ जनामा कोभिड सङ्क्रमण पुष्टि

काठमाडौं असार २७,
पछिल्लो २४ घण्टामा थप एक हजार २३७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ५ हजार ५३५ जनाको पिसिआर परीक्षणको क्रममा उल्लेखित सख्याम सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै मन्त्रालयले यसवीचमा ३ हजार ६८३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५९४ जनामा सङ्क्रमण पुष्टि भएको समेत जनाएकोछ  ।

साथै वितेको २४ घण्टामा कोभिड सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको र योसँगै मृुतकको सख्या ९ हजार ३८२ पुगेको जनाएकोछ । यसवीचमा १ हजार ४३२ जना सङ्क्रमणमुक्त भएको जानकारीदिएको छ।