शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं उपत्यकाका ४६१ सहित थप १ हजार ४२ जनामा कोभिड सङ्क्रमण , २७ जनाको मृत्यु

काठमाडौं असार २०,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ८७६ जनामा पीसीआर परीक्षणको क्रममा थप १ हजार ४२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने यसवीचमा २ हजार ५५२ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले ३ हजार २९६ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ५६१ जनामा भएको सङ्क्रमण पुष्टि जनाएको छ । साथै वितेको २४ घण्टामा सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको र योसँगै मृतकको सख्या ९ हजार २२५ पुगेको जनाएकोछ ।

त्यस्तै आज पहिचान भएका संक्रमति मध्ये काठमाडौं उपत्यकाका ४६१ जना संक्रमित रहेको जनाएकोछ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना रहेको जनाएको छ ।