शनिबार, बैशाख ८, २०८१

३ जिल्लाका प्रजिअहरुको बैठक जारी निषेधाज्ञालाइ थप लचिलो बनाउदै एकसाता थप गर्ने तयारी

काठमाडौं असार २०,
काठमाडौं उपत्यकामा बढ्दो कोभिड संक्रमणको जोखिम नियन्त्रणका लागि पछिल्लो समय थप गरिएको निषेधाज्ञा असार २१ गते राति १२ बजेबाट सकिदै गर्दा आज जारी निषेधाज्ञाको विषयमा थप निर्णय गर्न ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा समीक्षा गर्दै यसअघिको निषेधाज्ञाको क्रममा अख्तियार गरिएका भन्दा थप लचिलो पन सहित पुन एकसाताको लागि निषेधाज्ञा थप निर्णय गर्ने तयारी गरेको बुझिएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले आज बस्ने बैठकले सार्वजनिक यातायात जोरबिजोर नियम हटाउने वा नहटाउने भन्ने विषयमा निर्णय हुने बताउदै यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अव थपिने निषेधाज्ञामा माइक्रो बस र टेम्पोलाई पनि सञ्चालन गर्न दिने विषयमा निर्णय हुन सक्ने प्रवल संभावना रहेको बताउनुभयो । साथै उहाँले लामो दूरीका सार्वजनिक यातायातमा भने अझै रोक लगाइने जानकारी दिदै यस विषयमा स्वास्थ्य मन्त्रालयबाट प्राप्त सुझावको आधारमा मात्र निर्णय हुने बताउनुभयो ।