शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमणको चेन व्रेकका लागि स्मार्ट लकडाउन कार्यान्वयन गर्ने तयारी

काठमाडौ साउन १६,
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र [सीसीएमसी]को शुक्रबार बसेको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउनको कार्यान्वयन पछिल्ले समय बडेदो कोभिड संक्रमितको चेन व्रेकको लागि महत्वपूर्ण उपाए भएको ठहर गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसेको निर्देशक समिति बैठकले जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव गर्दै सीसीएमसीले वैज्ञानिक र व्यावहारिक हुने गरी लकडाउन गर्ने अवधारणा अर्थात स्मार्ट लकडाउन कार्यान्वयन गर्नुको विकल्प नभएको धारणा राख्नु भएको हो ।

स्मरण रहोस , पछिल्लो समय उपत्यका लगायत देशैभर हुँदै आएको लकडाउन केन्द्रीय सरकारको नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयमार्फत कार्यान्वयन हुने गरेको बताउदै अवका दिनमा गरिने लकडाउनलाइ सम्बन्धित जिल्ला वा स्थानीय तहले जिल्लाले स्वयं अवस्थाको विश्लेषण गर्दै स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोभिड संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला गर्दै जाने निति अख्तियार गर्नु पर्नेमा जोड दिइएको छ ।