शुक्रबार, चैत्र १६, २०८०

जसपा संसदीय दलको नेतामा यादव

काठमाडौ साउन १६,
निर्वाचन आयोगबाट केहि दिन अघिमात्र आधिकारिकता प्राप्त गरेका जनता समाजवादी पार्टीको शनिबार बसेको संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई चयन गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो ।

संघीय परिषदका बैठकमा डा बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा अध्यक्ष यादवलाइ संसदीय दलको नेता चयन गरेको जसपा संसदीय दलले जनाएको छ ।