शुक्रबार, बैशाख १४, २०८१

आजबाट कोभिड विरुद्ध जोन्सन एण्ड जोन्सनको खोप लगाइदैं

खोप अभियान व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं साउन ४,

आजबाट कोविड विरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ को खोप अभियान सञ्चालन हुँदै छ । यसको लागि लागि काठमाडौँ महानगरका २८ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ । दिएका छन् ।

अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ बर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यस अघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मी लक्षित हुँदै जोन्सन एण्ड जोन्सन खोप दिँदैछ ।

यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न सम्बन्धित निकायका पदाधिकारीलाई सोमवार निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले तेस्रो लहरको तयारी, महामारी व्यवस्थापन, खोप अभियानलाई चुस्त, प्रभावकारी, झन्झटमुक्त, भीडभागरहित ढङ्गले खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, खोप तथा बाल स्वास्थ्य महाशाखाका प्रमुख डा तारा पोखरेललगायत पदाधिकारीलाई आज कोभिड–१९ को परीक्षण, उपचार, अक्सिजन तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा कुनै किसिमको कमी हुन नदिन निर्देशन दिनुभएको हो ।

त्यस्तै उहाँले खोप लगाउन लामो समयसम्म लामबद्ध भएर बस्नुपर्ने अवस्थाको अन्त्य, जनशक्ति तथा खोप केन्द्र थप गर्ने र महामारी नियन्त्रणमा दत्तचित्त भएर लाग्न समेत भन्नु भएको छ।