शुक्रबार, बैशाख १४, २०८१

आज साउनको पहिलो सोमबार, भगवान शिवको विषेश पूजा अर्चना हुँदै

[फाइल फोटो]

काठमाडौं साउन ४,
आज साउनको पहिलो सोमबार देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । उपत्यकामा कोभिडकहरका कारण आगामी १० गते सम्म जारी निषधाज्ञाकावीच पनि भक्तजनहरुले आवश्यक सर्तकतासहित सोमवारे औशीको अवसरमा शिव मन्दिरमा भगवान शिवको पूजा अर्चना गर्ने क्रमलाइ प्राथमिकरण गरेका छन ।

त्यस्तै साउन महिनाको सोमबार विशेष गरी महिलाहरु ब्रत बस्ने गर्दछन् । भगवान शिवको अति प्रिय महिना साउन र साउने सोमवारका दिन हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दैछन् । साउने सोमवारका दिन शिवलाइ बेलपत्र र जल चढाउँदै पूजा आराधना गर्दा पारिवारिक कल्याण, सुख, शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

साथै नेपाली हिन्दू महिलाहरुले आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास सहित साउने सोमवारमा ब्रत बस्नुका साथै महिनाभरी शिवको आराधना गर्ने गर्छन् । यस क्रममा उनीहरुले हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । स्मरण रहोस हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।