शुक्रबार, बैशाख १४, २०८१

निषेधाज्ञा उल्लंघन गर्ने ९४ जनालाई कारवाही, १ हजार ९ सय १५ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौ असार ११
नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सय १५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ८४ वटा गाडी र १ हजार २ सय ३१ वटा मोटरसाइकल रहेको पहरीले जनाएको छ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ९७ जनालाई निस्शुल्क मास्क वितरण गरिएको जनाएको छ।

त्यस्तै कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ९४ जनालाई कोभिड- १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको र निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको जनाएको छ ।