शुक्रबार, अशोज ८, २०७८

भक्तपुर कांग्रेसद्धारा हेलम्बुका बाढी पिडितलाइ राहत वितरण

भक्तपुर  असार ११ ,
भक्तपुर कांग्रेस जिल्ला कार्यसमितिले सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाका बाढी पिडितलाई बिहिवार राहत वितरण गरेको छ । भक्तपुरमा संकलन गरिएको खाद्यान्न सामग्री कांग्रेस जिल्ला उपसभापति हरि नेपालको नेतृत्वमा नेपाली कांग्रेस बागमति प्रदेशका संसदीय   दलका उपनेता एवम् प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, क्षेत्रीय सभापतिद्धय जीवन खत्री र नारायणभक्त खायमली, जिल्ला सचिव निशान ढुंगेल, जिल्ला सदस्य सुशिल बस्नेत, भक्तपुरका वरिष्ठ नेता राजाराम खड्का, क्षेत्र नं। १ का क्षेत्रीय सचिव जनक खत्री, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापासहितको टोली हेलम्बु गाउँपालिका ३ तारामाराङ पुगेर राहत वितरण गरेको हो ।

राहत सामग्री उपसभापति नेपालले हेलम्बु गाउँपालिकाका कार्यपालिका सदस्य लक्ष्मी सुनारलाई हस्तान्तरण गरेपछि स्थानीय नेपाली कांग्रेसका नेता एवम् समाजसेवी नारायण गिरीको व्यवस्थापनमा स्थानीय बाढी पिडितलाई वितरण गर्नुभएको थियो । राहत वितरणका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेस केन्द्रीय विपद व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतले स्थानीयस्तरमा सहजीकरण गर्नुभएको थियो ।

सो अवसरमा जिल्ला सचिव निशान ढुंगेलले गत असार १ गते मेलम्ची नदिमा आएको बाढीले हेलम्बु र मेलम्चीमा पु¥याएको क्षति अकल्पनीय र भयावह भएको पाएको बताउँदैं क्षतिमा दुःख व्यक्त गर्नुभयो । उहाँले नेता बस्नेतमार्फत ३ लाख ५१ हजार रुपैंया गाउँपालिकालाई सहयोग गरेको जानकारी दिँदैं आवश्यक परे थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यपालिका सदस्य लक्ष्मी सुनारले कांग्रेसको सहयोगले बाढी पिडितको घाउमा थोरै भएपनि मल्हम लगाउने कार्य भएको बताउँदैं सहयोगको लागि धन्यवाद दिनुभयो । उहाँले बाढीले गाउँपालिकामा अर्बौ रुपैंयाको क्षति गरेको र अबको सहयोग पुनर्निर्माण र पुनर्बासका लागि आवश्यक भएको बताउनुभयो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031