शुक्रबार, बैशाख १४, २०८१

२ हजार ४४२ जनामा कोभिड संक्रमण पुष्टि , ५१को मृत्यु

उपत्यकामा  थपिए  ५४८ जना नयाँ सङ्क्रमित  

काठमाडौं असार ६,
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना कोभिड संक्रमित थपिएका छन । देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९५६ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टीजेट परीक्षणको क्रममा पिसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमार्फत १ हजार २१ जना गरि कुल २ हजार ४४२ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेको जानकारीदिदै देशभर ३ हजार ४५६ जना संक्रमित डिस्चार्ज भएको र योसंगै नेपालमा कोभिड मुक्त हुनेको सख्या ५ लाख ५६ हजार ७९८ पुगेको जनाएको छ।

साथै वितेको २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको र यो डेटा संगै संक्रमणका कारण निधन हुनेको सख्या ८ हजार ७२७ जना पुगेको जनाएको छ।

यसैवीच आज पहिचान भएका  संक्रमित मध्ये काठमाडौं उपत्यकामा ५४८ जना नयाँ सङ्क्रमित थपिएको स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार थपिएका संक्रमित हरु क्रमस काठमाडौं ४५० जना, ललितपुर ५३ जना र भक्तपुरका २५ जना रहेका छ ।