बिहिबार, बैशाख ६, २०८१

पत्रकारलाई तत्काल कोभिड विरुद्धको खोप उपलब्ध गराउन सर्बोच्चको आदेश

काठमाडौं असार ६,
सर्बोच्च अदालतले पत्रकारलाई तत्काल कोभिड विरुद्धको खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको छ । पत्रकार महासंघ उपत्यका प्रदेश कार्यसमितिका सदस्य अधिवक्ता बिष्णुकुमार गिरी र अधिवक्ता लिलानाथ घिमिरेले सर्वोच्चमा ग्रिपंत्तिमा खटिने पत्रकारहरूलाई खोप उपलब्ध गराउन अन्तरिम आदेश माग गर्दै दायर रिटको सुनवाए गर्दै सर्वोच्चका डा न्यायाधीस श्रीकुमार चुडालको एकल इजलासले पत्रकारहरूलाई खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो ।

त्यस्तै सर्वोच्चको तर्फबाट जारी आदेशमा पहिलो डोज खोप लगाएका पत्रकारलाइ दास्रो डोज र पहिलो डोज पनि नलगाएका पत्रकारलाइ पहिलो डोज खोप लगाउन भनेको छ ।

साथै सर्वोच्च अदालतले निवेदकको माग वमोजिम आदेश जारी हुन नपर्ने भए आधार कारण सहित १५ दिन भित्र महान्याधिवक्ताको कार्यालय मार्फत कारण पेश गर्न समेत भनेको छ ।