शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा पुन एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने प्रशासनको तयारी

काठमाडौ असार ५,
उपत्यकामा पुन एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाम बढ्दो कोभिड संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआइसकेका कारण निषेधाज्ञा थप्नुको विकल्प नभएको अधिकारीहरुको अभिमत रहेको छ। यद्यपी यस सम्बन्धम आइतवार बस्ने उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सयुक्त बैठकले यससम्बन्धमा नितिगत निर्णय गर्नेछ ।

हुनत यसअघि चरणबद्ध रुपमा उपत्यकामा कोभिड संक्रमणको रफ्तारलाइ विश्लेषण गर्दै निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आइरहेको जनाउ सहित काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एकैपटक निषेधाज्ञा हटाइयो भने फेरि महामारी नियन्त्रण बाहिर जानेमा संभावना प्रचर रहेको कारण चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउदै लैजाने तयारी रहेको बताउनुभयो ।

जारी निषेधाज्ञाकावीच खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसल, निर्माण सामग्रीका पसलहरुलाई बिहान ११ बजेसम्म खोल्न दिइरहेको प्रशासनले अवको चरणमा कपडालगायतका पसल खोल्न अनुमति दिनको अलावा निजी सवारीसाधनलाइ जोरबिजोर आधारमा चल्न दिने तयारी गरिएको बुझिएको छ ।