बिहिबार, चैत्र १५, २०८०

२४०१ जनामा कोभिड संक्रमण, ३४ को मृत्यु

काठमाडौं असार ५,
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पिसिआर तथा ४ हजार ६८६ जनाको एन्टिजेन परीक्षणको क्रममा क्रमशः १६८८ र ७१३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा ३ हजार ६६० जना उपचारपछि निको भएर घर फर्किएको  त्यस्तै मन्त्रालयले यसवीचमा ३ हजार ६६० जना उपचारपछि निको भएर घर फर्किएको जानकारी दिएको छ ।

साथै वितेको २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको र योसंगै नेपालमा कोभिड सङ्क्रमण कारण निधन हुनेको सख्या ८ हजार ६५७ पुगेको मन्त्रालयले जनाएको छ।