शुक्रबार, बैशाख १४, २०८१

काठमाडौँ महानगरको नवौँ अधिवेसन असार २ गते सुरु हुने

काठमाडौं जेठ २३ ,
आगामी असार २ गतेबाट काठमाडौ महानगरको ९औ अधिवेसन सुरु हुने भएको छ । आज महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औँ कार्यपालिका बैठकले कोभिडको संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि गरिएका कामका बारेमा समीक्षा गर्दै आ .ब  ०७८/०८९ को नीति तथा कार्यक्रम समेत प्रस्तुत हुने अधिवेशनको मिति तय गरेको हो ।

त्यस्तै  आजको बैठकले बढ्दो कोभिड महामारीको समयमाकाठमाडौं महानगरको तर्फबाट भएका सवै कामकारवाही  समेत अनुमोदन गर्दै   प्रमुख शाक्यले, आउँदो बर्षका लागि गर्नु पर्ने कामलाई योजनाका रुपमा संकलन तथा वडा समितिका बैठकबाट प्राथमिकीकरण गरेर पठाउन वडाध्यक्षहरुलाई आग्रह समेत  गर्नुभयो ।

साथै बैठकले सिटी लाइव्रेरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सम्पदामैत्री भवन निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि २०७८ तर्जुमा गर्न सहमति दिनुको अलावा जुडो हलमा सौर्य बत्ती जडान कार्यका लागि म्याद थप गर्ने, त्रिलोक संरचनाले राखेका ३९ वटा बस स्ट््याण्डको ५ बर्षका लागि ९० लाख रुपैयाँ रोयल्टी निर्धारण गरेर म्याद थप गर्ने निर्णय यसंगै पूर्वाधार क्षेत्रअन्तर्गत विभिन्न वडाका ढल र सडक निर्माणका लागि गरिएको बोलपत्रमा नभएका काम सम्बन्धि भेरिएसन र वडा ८ को खरीबोट सडक मार्गमा सडक र ढल दुवै कामका लागि बोलपत्र भएकोमा स्थानीयबाट सडक मात्र निर्माण गर्ने माग भएपछि ढल निर्माण नगर्दाको कम रकम सम्बन्धि भेरिएसन स्वीकृत गरेको छ ।