बुधबार, बैशाख ५, २०८१

चिकित्सा क्षेत्रमा मौलाउदै आएको भौतिक आक्रमणलाइ निरुत्साहित गर्न सुरक्षा अध्यादेश जारी

काठमाडौं जेठ २४ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

स्मरण रहोस कोभिड महामारीसँसँगै अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीमाथि पछिल्ला दिनमा आक्रमणका घटना बढेसंगै सरकारले प्रस्तुत अध्यादेश ल्याएको हो । यसले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाएर कोभिड महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास सम्वद्ध पक्षको रहेको छ ।

यसैवीच पछिल्लो समय यो वा त्यो नाममा चिकित्सा क्षेत्रमा मौलाउदै आएको भौतिक आक्रमणको पक्षलाइ निरुत्साहित गर्नकै लागि पनि जारी अध्यादेशको पूर्ण कार्यान्वयन हुनुपर्ने माग स्वास्थ्यकर्मीले गरेको हो। यदि जारी अध्यादेशको कार्यान्वयनमा समस्या सिर्जना भएअवस्था ज्यूँका त्यूँ रहनेमात्र नभइ जारी अध्यादेश केवल जारी गर्नका लागि मात्र सावित हुने बताए ।

 साथै जारी अध्यादेशले समग्रमा स्वास्थ्यकर्मीवृतमा ऊर्जा प्रवाह गरे पनि स्वास्थ्यकर्मी पनि आफ्नो कर्तव्य रदायित्वबाट विचलित हुन प्रवृतिको सअन्त्य अुनआवश्यक रहेको आवाज पनि मुखरित भएका छा । यसअघि भएका कतिपय घटनामा स्वास्थ्यकर्मीको पनि प्रत्यक्ष संग्लन्ता रहेको बताउदै चिकित्सक र चिकित्सा क्षेत्र पनि उत्तिकै सचेत जिम्मेवार हुन पर्नेमा सरोकारवालाको जोड रहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031