शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस पदाधिकारीको बैठक : १४औँ महाधिवेशनको मिति सर्‍यो

काठमाडौं जेठ २९
नेपाली काँग्रेसको आज बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पार्टीको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल सहित विभिन्न नितिगत निर्णय गरेका छन ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले पूर्वनिर्धारित १४ औं महाधिवेशन भाद्र १६ देखि १९ गतेसम्म गर्ने सहमति सहितको निर्णय गरेको छ । यसअघि महाधिवेशनको मिति भाद्र ७ देखि १० गतेसम्म तय भएको थियो ।

१४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको काँग्रेसको केन्द्रीय महाधिवेशको मिति सरेसंगै क्रियाशील सदस्यता छानविन, वडा अधिवेशन क्षेत्रीय अधिवेशन जिल्ला अधिवेशन लगायतका सम्पूण्र्ण विषयगत एजेन्दामा छलफल गर्नका लागि आगामी असार ३ गते बस्ने केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन लगायतका थप समसामायिक विषयमा छलफल गर्ने कार्यसूची बनाएको बुझिएको छ।

यसअघि काँग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते गर्ने तालिका निर्धारण गरेको छ ।