शुक्रबार, चैत्र १६, २०८०

यस वर्षको मनसुन देशभर फैलने क्रममा , एक साताका लागि आकाश खुल्ने सम्भावना न्यून

काठमाडौं जेठ ३०,
बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम लाग्ने संभावना निकै छिनभएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भयर देशभर फैलने क्रममा रहेकै कारण साताव्यापी आकाशमा आक्कलझुक्कल घाम देखिहाले पनि मजाले घाम देख्न निकै मुस्किल हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मनसुन विशेष बुलेटिनमार्फत नै शनिबारदेखि गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुन प्रवेश गरिसेकेको जनाएको छ । एक/दुई दिनभित्र देशव्यापी रूपमा मनसुनले प्रभाव जनाउने भएकाले पनि आकाश खुल्ने सम्भावना नरहेको यसअघिनै जानकारीदिइसकेको आवस्था छ ।

साथै आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।