सोमवार, बैशाख २४, २०८१

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ८ सय ६ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं जेठ १६,
नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ९ सय ४२ वटा गाडी र ८ सय ६४ वटा मोटरसाइकल सहित १ हजार ८ सय ६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिदै आएको छ ।

त्यस्तै नयाँ भेरियन्ट सहितको कोभिड९१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ९ सय ९२ जनालाई निस्शुल्क मास्क वितरण गरिएको जनाउदै तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय ३१ जनालाई प्रचलित कानुन बमोजिम ३३ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको जनाएको साथै देशभर सञ्चालित ८९ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार ९ सय १६ जनालाई सचेत गराइएको जानकारी  दिएको छ ।