बिहिबार, बैशाख २७, २०८१

देशभर ४३६९ कोभिड संक्रमित थपिए, १०९ को मृत्यु

काठमाडौं जेठ १६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनाको पीसीआर परीक्षणको क्रममा ४ हजार ३६९ कोभिड संक्रमित थपिएको जनाएका छन् ।

कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा मन्त्रालयले पत्रकार सम्मेलन मार्फत आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल कोभिड सङ्क्रमितको सख्या ५ लाख ५७ हजार ७९१ पुगेको जानकारी दिएको छ ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा १ हजार ९३ जना सङ्क्रमित रहेको जनाउदै मन्त्रालयले पछिल्लो २४ घण्टामा छ हजार २०५ जना संक्रमित उपचार पछि कोभिड मुक्त भएको जनाएकेछ ।

साथै १ लाख ८ हजार ८९७ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएकोछ । साथै पछिल्लो २४ घण्टामा १०९ जना सङ्क्रमितको मृत्यु भएको र यो संगै ७ हजार २७२ जना सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएकोछ ।