बिहिबार, बैशाख २७, २०८१

काँग्रेसका पूराना नेता श्रेष्ठको निधन

काठमाडौं जेठ १५ ,
नेपाली काँग्रेसका पूराना नेता हरेन्द्र वहादुर श्रेष्ठको आज विहान निधन भएको छ । लामो समय यतादेखिविभिनन किसिमका स्वास्थ्य समस्याबाट पिडित भइ घरमै स्वास्थ्य लाभ गर्दै बसेका नेता श्रेष्ठले नेपाली काँग्रेसको तत्कालीन संगठन विकासमा महत्वपूर्ण योगदान रहेपनि पछिल्लो समय राजैनैतिक चर्चा परिचर्चाको पेरीफेरीबाट मौन बस्दै उपभोक्ता मञ्च नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै उपभोक्ता अधिकारको क्षेत्रमा योगदान गर्द आउनुभएको थियो।

काठमाडौं महानगरपालिका वडा न. १९ स्थित श्रीकृष्ण भजन मण्डलका अध्यक्ष र बालगोपाल भजन सञ्चालन संस्थाका सल्लाहकार समेत रहेका नेता श्रेष्ठको असामयिक निधन प्रति सम्वद्ध संघ संस्थाले दु:ख व्यक्त गर्दै गर्दै मृतआत्माको चिरशान्तिको कामना सहित श्रद्धाञ्जली अपर्ण गर्नुको अलावा शोक सन्तप्त श्रेष्ठ परिवारजन प्रति समवेदना व्यक्त गरेको छ ।  त्यस्तै काठमाडौं काँग्रेस क्षेत्र न. ८ क्षेत्रीय समिति र वडा न १९ इकाइ समिति समेतले दु:ख व्यक्त गरेको छ । 

साथै यस समाचार पोर्टलका समेत शुभचिन्तक रहेका नेता श्रेष्ठको निधन प्रति हार्दिक समवेदना सहित दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं ।  नेता श्रेष्ठको श्रीमती दुइ छोरा र एक छोरी रहेो छन । साथै उहाँको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने पारिवारिक स्रोतले जनाएकोछ ।