आइतवार, बैशाख २३, २०८१

आज १४ औं गणतन्त्र दिवस मनाइँदै

काठमाडौं जेठ १५ ,
आज १४ औं गणतन्त्र दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाउन थालिएको हो ।

नयाँ भेरियन्टसहितको कोभिड महामारीबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दै दिवस मनाउँदै गरेको थाहा भएको छ । त्यस्तै दिवसको अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताहरुले शहीदप्रति सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् ।

साथै यस राष्ट्रिय पर्वमा बन्दी जीवन बिताइरहेका व्यक्तिको चारित्रिक सुधारको आधारमा बाँकी कैद मिनाहा गरी माफी दिने प्रचलन समेत रहिआएको छ ।