बिहिबार, बैशाख १३, २०८१

काठमाडौंमा मात्र संक्रमितको सख्या १ लाख ८५ हजार नाघ्यो

काठमाडौ उपत्यकामा २ हजार ३२४ सङ्क्रमित थपिए

काठमाडौ जेठ १४ ,

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३२४ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा १ हजार ७९६, ललितपुरमा ३१५ र भक्तपुरका २१३ जना रहेको जानकारी दिएका छ ।

साथै मन्त्रालयले काठमाडौंका कुल संक्रमित मध्ये १६ हजार ५६७ ललितपुरमा छ हजार ६४१ र भक्तपुरमा ४ हजार ६५७ जनामा कोभिडको सङ्क्रमण सक्रिय रहेको जानकारी दिएको छ ।

त्यस्तै मन्त्रालयको डेटा अनुसार काठमाडौंमा १ लाख ८५ हजार ६६७ सङ्क्रमित रहेका छन भने ललितपुरमा ३२ हजार ७०५ र भक्तपुरमा १९ हजार ५७० रहेको जनाएको छ । त्यस्तै संक्रमणका कारण ज्यान गुमाउनेको सख्या काठमाडौंमा १५६८ ललितपुरमा ४१८ र भक्तपुरमा ३१२ रहेको समेत जानकारी दिएको छ ।