शुक्रबार, बैशाख १४, २०८१

अतिरञ्जित तथा दुराशययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुःखद : सर्वोच्च

प्रम ओली र प्रन्याबीचको भेटवार्ता प्रसंग :

काठमाडौं जेठ ११,
सर्वोच्च अदालतले सोमवार प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको भन्ने आशय सहितको विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले आज विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारमा कुनै सत्यता नभएको स्पष्ट गर्दै सञ्चार माध्यममा आएको समाचार न्ययापालिकाको स्वच्छता एवम् यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने सोचबाट प्रभावित रहेको जानकारी गराएको छ ।

त्यस्तै सहप्रवक्ता ढकालले विज्ञप्तिमार्फत अतिरञ्जित तथा दुराशययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुःखद र खेदजन्य विषय भएको भन्दै त्यस्ता समाचारको भ्रममा नपर्न मेत सवैलाइ आग्रह गरेको छ।