मङ्लबार, बैशाख ११, २०८१

उपत्यकामा जारी निषेधाज्ञालाइ थप कडाइ गर्ने तयारी सहित प्रजिअहरूको बैठक बस्दै

काठमाडौं जेठ ११,
बढ्दो कोभिड संक्रमणको न्यूनिकरणका लागि काठमाडौं उपत्यकामा जारी गत बैशाख १६ बाट जारी निषेधाज्ञा पुन थप गरिने भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय सिमा जेठ १२ गतेसम्म कायमनै रहेपनि यसवीचमा कोभिड संक्रमितको सख्या घट्नु भन्दा दिनानुदिन बढ्दो पाइएसंगै आज बस्दै गरेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अबको निषेधाज्ञा अहिलेको भन्दा कडाइका साथ लागु गर्दै निषेधाज्ञा थप गर्ने तयारी गरिरहेको जिल्ला प्रशासन कार्यालय सम्वद्ध स्रोतले जनाएको छ।

ज्ञात रहोस ,निषेधाज्ञाकोको कार्यान्वयनकावीचपनि सङ्क्रमणको दर अपेक्षित रुपमा नघटेपछि जारी निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्दै सङ्क्रमणको दरलाइ न्यून बनाउनुपर्ने ठहर सहित गत जेठ ६ गते जारी कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय सम्मको व्यवस्था कार्यान्वयन लगायतका ५ बुँदे सूचना यसअघिनै जिल्ला प्रशासन कार्यालयले जारी गरिसेको छ ।

पछिल्लो समय संक्रमणको दर अपेक्षित रुपमा घटन नसके पछि जारी निषेधाज्ञालाई कडाई गर्ने निर्णय जारी निषेधाज्ञा एक हप्ता थप , तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न पाइने