शनिबार, बैशाख १५, २०८१

३२ सासंदको समर्थन सहित मुख्यमन्त्री पदमा कांग्रेस संसदीय दलका नेता नेपालीको दावी

काठमाडौं बैशाख २९, 

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री पदमा ३२ सासंदको समर्थन सहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुख कार्यालयमा निवदेन दर्ता गराएका छन्। गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनमोर्चा नेपाल र जनता समाजवादी पार्टीको समर्थनमा उनले निवेदन दर्ता गराएका हुन्।

 ६० सदस्यीय रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, जनमोर्चा नेपालका ३ र जनता समाजवादी पार्टीका २ सांसदको समर्थन रहेको नेपालीले दर्ता गराएको निवेदन पत्रमा उल्लेख छ।