बिहिबार, चैत्र १५, २०८०

रेमडिसिभिर इन्जेक्शनका लागि मन्त्रालयले तोक्यो डा अबुललाइ फोकल पर्सन

काठमाडौं बैशाख २९, 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणबढेसंगै रेमडिसिभिर इन्जेक्शनको खपट पनि त्यहि अनुपातमा बढेका कारण बजारमा यसको अभाव मात्र नभइ कालोबजारी समेत भएको सर्वत्र गुनासो बढेसंगै स्वास्थ्य मन्त्रालयले रेमडिसिभिर इन्जेक्शनको लागि फोकल पर्सन सार्वजनिक गरेको छ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै कोभिड उपचार गर्ने अस्पतालका चिकित्सकले रेमडिसिभिर औषधि सिफारिस गरेमा आधाकारिक आयातकर्ता आयन हेल्थकेयरले ल्याएको रेमडिसिभिर प्रति भाइल ४ हजार ९सय रुपैयाँका दरले उपलब्ध हुने र यसको लागि बिरामीको उपचारमा संग्लन चिकित्सकले प्रेस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाणका सहित आयान हेल्थ केयर, कुपोण्डोल, यूएनपार्कका डा अबुल अन्सारी ९८००५५९१०, सुवास ९८१०१९४४१६, बिमल ९८४१५०६३७०, कमल ९८५११२४६३९ बाट खरीद गर्न सक्ने जनाएको छ।

त्यस्तै मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म कोभिडका बिरामीका लागि कुनैपनि औषधि प्रमाणित रुपमा सिफारिस नभएको भन्दै कोभिड बिरामी उपचाररत अस्पताल वा बिरामीको उपचारमा संग्लन चिकित्सकको प्रेस्क्रिप्सन विना कुनै पनि औषधि नदिन समेत आग्रह गरेको छ।